काठमाडौ । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक पाँच दसमलव ५९ अंकले ओरालो लागेर २८ सय १५ दसमलव छ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव नौ अंकले ओरालो लागेर पाँच सय २४ दसमलव ९४ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसअन्तर्गत ७२ हजार चार सय एक पटकको कारोवारमा ९७ लाख ८४ हजार छ सय ५१ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोवार रकम पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार छ सय २७ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये जीवन बीमा उपसमुहको सुचक ६३ दसमलव १३ अंकले उकालो लागेर १६ हजार तीन सय ७८ दसमलव २४ बिन्दुमा चढेको छ । यस बाहेक बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।