काठमाडौं । गोर्खाज फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६५ लाख ७० हजार चार सय ६० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा छ करोड ५८ लाख ९१ हजार पाँच सय चार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा सात अर्ब ३५ करोड ८३ लाख २९ हजार छ सय ६० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६५ करोड ३५ लाख २८ हजार चार सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड १९ लाख २९ हजार आठ सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा आठ दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर तीन दशमलव ८३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब १५ करोड ९७ लाख सात हजार पाँच सय ५७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३४ करोड १२ लाख ७९ हजार दुई सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ७३ लाख ६९ हजार तीन सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८७ प्रतिशत रहेको थियो ।