काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौँस्थित सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङले पु-याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरूबाट बैंकिङ सेवा तथा सुविधाहरू निरन्तर प्रदान गरी रहेको छ ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटीएम कार्ड, चार सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको जनाएको छ ।