काठमाडौं, माघ २३ लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । बैकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ कार्यक्रममा नेपाल राष्ट्र बैकका डेपुटी गभर्नरहरू तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरूको समेत उपस्थिति थियो । नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्वसचिव हुुन् । घिमिरेसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव रहेको छ ।