काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको चार सय ६१औँ बैठकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार दुई सय तीन रुपैयाँमध्येबाट १९ प्रतिशतका दरले ६४ करोड ४२ लाख ६८ हजार नौ सय ४० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि एक प्रतिशतका दरले तीन करोड ३९ लाख आठ हजार आठ सय ९२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको जानकारी पनि कम्पनीले दिएको छ । घोषित लाभांश बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।