काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन एक सय दसमलव पाँच बिन्दुले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने १३ दसमलव ४८ अंकले ओरालो लागेर २८ सय ७२ दसमलव शुन्य पाँच अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ३९ अंकले उकालो लागेर पाँच सय ३८ दसमलव ९३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसबाट ६९ हजार सात सय ७० पटकको कारोवारमा एक करोड एक लाख पाँच हजार छ सय ६९ कित्ता शेयर कारोवार भएका छन् । जसबाट आज कुल पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार पाँच सय ९८ रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने भने तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।