काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको छ । कम्पनीले जनाएअनुसार उक्त सबै लाइक आफ्ना कर्मचारी, अभिकर्ताहरू, ग्राहकहरू तथा हितैषीहरूको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाइक मात्रबाट सम्भव भएको हो । यसको लागि छुट्टै विज्ञापन गरिएको थिएन ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन् । अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने कम्पनीको लक्ष्य रहेको हुनाले त्यसैअनुरूपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरूपमा लिएर आएको पनि उनले बताए ।
डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहकहरू तथा अन्य सर्वसाधारणहरूसँग आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधिको रूपमा संवाद गर्ने कुरा समेत कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।