काठमााडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालूू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४४ करोड ३८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८४ करोड दुई लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७७ लाख ८९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २० करोड ५८ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७५ करोड २७ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ६४ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६३ लाख ५५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन प्रतिशत रहेको थियो ।