काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार भक्तपुरको दुवाकोट–२ का ३० वर्षीय रविन्द्र अधिकारी क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा न्युरोडस्थित गुच्चा टोलबाट अधिकारीलाई फेला पारी अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको तथ्य फेला परेको आधारमा उनलाई पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार अधिकारीले मोबाइलबाट बिटक्वाइन कारोबार गरेको रेकर्ड भेटियो, यसको नेपाली मूल्य १३ लाख रुपैयाँ पर्न आउने पनि कार्यालयले जानकारी दिएको छ । पक्राउ परेको अधिकारीलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको पनि प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।