काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक १५ दसमलव छ अंकले ओरालो लागेर २८ सय ७६ दसमलव ७४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव २५ अंकले ओरालो लागेर पाँच सय ३९ दसमलव ६५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत कुल दुई सय २४ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट एक लाख आठ हजार तीन सय ६५ पटकको कारोवारमा एक करोड ५७ लाख ८० हजार सात सय १३ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज शेयर कारोवार रकम आठ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने दुई वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।