काठमाडौं । समता लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ५५ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो तीन करोड ६४ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब तीन करोड ६३ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २१ करोड ४२ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ६३ लाख ७२ हजार रुपैयाँ रहेको संस्थामा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव नौ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७७ करोड १७ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुइ अर्ब सात करोड चार लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड २३ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ३० लाख ५७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४२ प्रतिशत रहेको थियो ।