काठमाडौं । नेपाल फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा ३९ लाख आठ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब १४ करोड ५६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ करोड २६ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ३४ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १९ दशमलव तीन प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा दुई करोड ५९ लाख ६२ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर पाँच दशमलव १६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले ६५ करोड ७२ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ करोड २० लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ४१ दशमलव सात प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।