काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४९ करोड ८४ लाख ४२ हजार तीन सय ५३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ६१ करोड ५४ लाख ९३ हजार सात सय ५७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४ अर्ब ५१ करोड ४२ लाख ५२ हजार एक सय ६३ रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ७१ करोड ६७ लाख ५२ हजार दुई सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा संस्थाले एक अर्ब १२ करोड नौ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २२ अर्ब ४३ करोड ९३ लाख ७६ हजार दुई सय ६४ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ८८ करोड ८६ लाख ५८ हजार चार सय ६६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले ९८ करोड ४१ लाख नौ हजार पाँच सय ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।