काठमाडौं । नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकहरुलाई फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो । फोर्डले ‘कमिटेड टु सर्भ’ नामक नयाँ अभियान सुरु गरेको जनाएको छ, यसले उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मतसम्भार, सर्भिसिङ र वारेन्टीको सहयोग प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई जोड दिन्छ । कम्पनीका अनुसार यस नयाँ अभियानले अघि ल्याएको सन्देशहरु स्पेयर पार्टसमा सहज पहुँच, पार्टस्को लागतको साथ स्वामित्व लागतमा पारदर्शिता, विस्तारित वारेन्टीको प्रतिज्ञा, सेवाको गुणस्तरमा पारिवारिक अनुभूतिको प्रतिबद्धता रहेको जनाएको छ ।
फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक विनय रैनाले पारिवारिक अनुभूतिको प्रतिबद्धता जस्तै फोर्डको सेवाबारे कमिटेड टु सर्भ अभियान अघि बढाइएको जानकारी दिए । भारतको अग्रणी अटो पत्रिका अटोकारको एन्नुअल भेहिकल मेन्टेनेन्स सर्भेमा फोर्डको सेवाप्रतिको प्रतिबद्धता स्थिर रहेको बारम्बार प्रमाणित भएको छ, जसकारण यो ब्रान्ड सो अवार्ड जित्ने सबैभन्दा किफायती ब्रान्डहरुमध्ये एक बनेको छ ।
यस सर्वेक्षण अनुसार फोर्डको सर्भिस र पार्टपुर्जाहरु सबैभन्दा किफायती छन् । जिओ अटोमोबाइल्स प्रालिका प्रबन्धनिर्देशक आकाश गोल्छाले फोर्ड एभरेष्ट, फोर्ड रेन्जर र फोर्ड -याप्टरजस्ता मोडलहरु तेस्रो मुलुकबाट आयात जारी राख्ने जनाए । स्पेयर पार्टसको उपलब्धता र वारेन्टी पनि उपलब्ध गरिरहने उनको भनाइ छ । यसले नेपालभरि रहेका फोर्डको सेवा केन्द्रहरुबाट सेवा निरन्तर राख्न सहयोग गर्ने र ग्राहकहरुलाई अझ प्रभावकारी रुपमा सेवा दिन मद्दत गर्ने उनले बताए ।