काठमाडौं । एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध हुनेभएको छ । देशको दूरदराजमा रहेका लाखौँ ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले २०७८ कात्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकहरूले अत्यन्त उत्साहजनक सहभागिता जनाई उक्त योजनाहरूलाई सफल बनाइदिएकोमा हाम्रा समस्त ग्राहकवर्ग, कर्मचारीहरूलगायत सबै सरोकारवालाहरूप्रति अत्यन्त अनुग्रहीत रहँदै बैंक सबैमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ, बैंकले विज्ञप्ति जारी गर्दै
भनेको छ ।
आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्मरूपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोहीअनुरूप निरन्तर रूपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरूप बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापक रूपमा थप वृद्धि गर्दै एक वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई पाँच वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ ।
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकवहरूले तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ । उपरोक्तअनुसारको सबै थप सुविधा र फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्कविना स्वतः पाउन सक्नेछन् । बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदासम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले आग्रह गरेको छ ।
बैंकले हाल मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब दुई सय ५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको आठ सय पाँचभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना सात सय २५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।