काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ४० अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने १५ दसमालव ६९ अंकले उकालो लागेर २८ सय ५१ दसमलव ८६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव पाँच अंकले उकालो लागेर पाँच सय ३५ दसमलव ३२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीह्रुको शेयर खरिद बिक्री भएका छन् । जसबाट ६६ हजार एक सय १३ पटकको कारोवारमा ९५ लाख १२ हजार पाँच सय ८० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोवार रकम पाँच अर्ब दुई करोड २० लाख १७ हजार एक सय ८१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।