काठमाडौं । ग्रीन भेन्चर लिमिटेडले ३१ करोड २५ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले जार पुँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँमध्येबाट आयोजना प्रभावित ओखलढुंगा क्षेत्रका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३१ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलमार्फत यही फागुन दुई गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा फागुुन १६ गते र ढिलोमा चैत एक गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ ।