काठमाडौ । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १६ अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पनि २२ दसमलव छ अंकले ओरालो लागेर २८ सय १३ दसमलव ५२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ५१ अंकले ओरालो लागेर पाँच सय २८ दसमलव ९९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसबाट ४५ हजार एक सय १२ पटकको कारोवारमा ६५ लाख २० हजार छ सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल शेयर कारोवार रकम तीन अर्ब ४७ करोड ११ लाख नौ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर शेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।