काठमाडौं, माघ २४
मेरो माइक्रोफाइनान्सले आँखा शिविर सञ्चालन गरेको छ । संस्थाद्वारा बाराको कोल्हबी बाजारमा सञ्चालन गरिएको एकदिने निःशुल्क आँखा शिविरमा पाँच सय ५३ जना आँखाका बिरामीले लाभ लिएको संस्थाले जानकारी दिएको छ ।संस्थाको शाखा कार्यालय रामपुर्वा र मातृका आई फाउन्डेसनको संयुक्त आयोजनामा भएको शिविरमा पाँच सय ५३ भन्दा बढीले लाभ लिएको मेरो माइक्रोफाइनान्सका अनुगमन अधिकृत रामकिशोरप्रसाद कुश्वाहाले जानकारी दिए ।
बालबालिकादेखि लिएर वृद्धवृद्धाहरु समेत सहभागी उक्त शिविरमा दुई सय २५ जनामा मोतियाबिन्दु देखिएको छ । शिविरमा पहिचान भएका मोतियाबिन्दु प्रभावितहरुको मातृका आई फाउन्डेसनमार्फत निशुल्क शल्यक्रिया गर्ने जनाएको मेरोमाइक्रोफाइनान्सका शाखा प्रबन्धक अजितकुमार मण्डले जानकारी दिए ।