काठमाडौं । भक्तपुर बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ । पति कोमलविक्रम राणा संरक्षक तथा छोराहरु कबिर राणा र रवि राणाका साथै नाति विक्रान्त विक्रम राणा सञ्चालक रहने गरी ट्रष्ट स्थापना गरिएको परिवारले जनाएको छ ।
मीनकुमारीको निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा राणा परिवारले ट्रष्ट निर्माण गरेको जनाउँदै ट्रष्टले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई वर्षेनी पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्ने बताइएको छ ।
ट्रष्टले त्यसका लागि ३१ लाख ११ हजार एक सय ११ रुपैयाँका अक्षयकोषको स्थापना गरेको छ । उक्त अक्षयकोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रालिका कार्यकारी अध्यक्ष कबिर राणाले जानकारी दिए ।