काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक एक सय दसमलव ६७ अंकले ओरालो लागेर २७ सय दसमलव ८९ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दसमलव ६२ अंकले ओरालो लागेर पाँच सय ११ दसमलव ६६ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत ८१ हजार आठ सय ३७ पटक शेयर कारोवार भएका छन् । उक्त कारोवारबाट एक करोड १६ लाख ६१ हजार छ सय ३९ कित्ता शेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार सात सय ३१ रुपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर शेयर बजार परिसुचक रातै भएको छ ।