काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ३८ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १० लाख ३७ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४ करोड ६२ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड ९० लाख २८ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ४३ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७८ लाख २७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले नौ करोड २२ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड ९६ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ७४ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८९ लाख ७२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २३ प्रतिशत रहेको थियो ।