काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । अघिल्लो दिन एक सय अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार शुन्य दसमलव शुन्य आठ अंकले उकालो लागेर २७ सय दसमलव ९८ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ३६ अंकले घटेर पाँच सय ११ दसमलव ३० बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसबाट ४९ हजार आठ सय ८२ पटकको कारोवारमा ७५ लाख ४९ हजार सात सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कारोवार रकम तीन अर्ब ६८ करोड ४० लाख नौ हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये सात वटा उपसमुहको सुचक उकालो लागेर पाँच वटा उपसमुहको सुचक ओरालो लागेको छ भने लगानी उपसमुहको सुचक स्थिर रहेको छ ।