काठमाडौं । वीन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १७ लाख ४४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ८५ लाख ९४ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड ६० लाख ९५ हजार रुपैयाँ रहेको संंस्थाले चालूू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १५ करोड ८६ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ८६ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ५४ लाख ३७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ११ करोड ४८ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७१ करोड ५८ लाख ११ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड २३ लाख एक हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।