काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकको ४९औँ एक्सटेन्सन काउन्टरको उद्घाटन पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका छन् ।
सबैका लागि बैंक भन्ने नाराका साथ २७ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा दुई सय ८७ शाखा, दुई सय ५२ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।