काठमाडौं । नेपालको एक प्रतिष्ठित ब्रुअरी कम्पनी यती ब्रअुरीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ । ‘स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर भएको बताइएको छ ।
बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ । कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ ।
यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२ प्रतिशत रहेको छ । यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल–अफ क्यापसहित ३३० मिलीलिटर र ६५० मिलीलिटरको बोतलमा उपलब्ध छन् । जसको आकर्षक मूल्य क्रमशः एक सय ८० रुपैयाँ र तीन सय ५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।