काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनका अनुसार दोलखाको साविक बुलुङ गाविस वडा १ परिवतर्तित बिगु गाउँपालिका घर भएका ३८ वर्षिय फरार प्रतिवादी मोहन बहादुर तामाङलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो । महाशाखाका अनुसार तामाङ काठमाडौंको ठूलो भ-याङमा लुकिछिपी बस्दै आएका थिए ।
काठमाडौं जिल्ला अदालतको पत्रले प्रतिवादी सुमन कार्की समेत भएको लिखत सम्वन्धी कसुर मुद्दामा काठमाडौ जिल्ला अदालतबाट वि.सं. २०७८ पुस १२ गते पक्राउ पुर्जी जारी भई फरार रहेका तथा उच्च अदालत पाटन ललितपुरको वि.सं. २०७६ चैत ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी तामाङलाई काठमाडौंको बौद्धबाट मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।