काठमाडौं । नेपाल टेलिकमले ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी कल निःशुल्क प्रदान गरेको छ । यस्तै कम्पनीले एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराएको थियो ।
नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी सेवामा शनिबार एक दिनको लागि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध गराएको हो । साथै, सोही अवसरमा कम्पनीले एमपोसबाट गरिने दुई सयदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा पाँच सय १२ एमबी डाटा र पाँच सय वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध गराएको थियो ।