काठमाडौं । एनएमबी बैंकले विराटनगर, वार्ड नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारको लागि जाने व्यक्ति तथा कर्मचारीहरूलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय सम्झौता गरेको छ । सम्झौतमा बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा विशेष छुट तथा सहुलियत प्राप्त गर्न सक्नेछन् । उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरूलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परीक्षणहरू र शल्यक्रियामा छुट उपलब्ध गराउनेछ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३९ एटीएम काउन्टरहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।