काठमाडौं, माघ २६
ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंसिकङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंसिकङ सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंसिकङ सेवाको पहुँच पु-याउने उद्देश्यले दुई सय ७० शाखा, दुई सय ५७ एटीएम, ३८ एक्सटेन्सन काउण्टर राजस्व संकलन काउण्टर र दुई सय ४९ शाखारहित बैंसिकङ सेवा, तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दे आइरहेको छ ।