काठमाडौं । एनआईसी एसिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत आइडिया टु आईपीओ सेवा सञ्चालन गरिरहेको छ । उक्त सेवाअन्तर्गत चार्टड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच आइडिया टु आईपीओ सेवा उपलब्ध गराउनेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत चार्टड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडको विद्यमान अवस्था, कम्पनीको प्रबन्धपत्र नियमावली, धितोपत्र बोर्ड, कम्पनी ऐनमा भएको व्यवस्थाहरूको अध्ययन गरी उक्तकम्पनीको कारोबारको दायरा विस्तार गरिदिन, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल (पीई, भीसी) तथा लगानी व्यवस्थापन (पीएमएस) सेवा सञ्चालन गर्नको लागि सम्बन्धित नियमनकारी निकायले तोकेबमोजिमको सम्पूर्ण कागजात, पूर्वधारहरू र अन्य मापदण्ड पूरा गरी सम्बन्धित निकायहरूमा स्वीकृति लिनको लागि निवेदन पेस गरिने जानकारी दिएको छ ।
आइडिया टु आईपीओ सेवाअन्तर्गत क्यापिटलले चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडको सेयर रजिष्ट्रारअन्तर्गतको सम्पूर्ण कार्यहरू २०७८ साल फागुन १२ गते बिहीबारदेखि एनआईसी एसिया क्यापिटल लिमिटेड, एनेक्सर भवन, टंक प्रसाद घुम्तीसडक, अनामनगर, काठमाडौंमार्फत हुने व्यहोरा सम्पूर्ण सेयरधनीहरूलगायत सम्बन्धित सबैमा जानकारी दिएको छ । साथै उक्त कम्पनीका सेयरधनीहरूले सहजरूपमा आफ्नो नाममा भएको सेयर कारोबार गर्न मिल्ने गरी ओटिसी मार्केट्स सूचीकरण गराइदिने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ ।
साथै क्यापिटलले उक्त चार्टड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडलाई निकट भविष्यमा नै सर्वसाधारणमा सेयर निष्काशन गर्न सक्नेगरी सम्पूर्ण सेवा उपलब्ध गराउने जानकारी दिएको छ । एनआईसी एसिया क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि हालसम्मको कार्यलाई एकीकृतरूपमा सेवा उपलब्ध गराउने हुँदा सोसम्बन्धी थप जानकारीको लागि मर्चेन्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोबाइल नं. ९८५११८४९७९ वा इमेल ठेगानामा सोझै सम्पर्क गर्न सकिनेछ । हाल उक्त आइडिया टु आईपीओ सेवा लिने कम्पनीहरूको संख्या तीनवटा पुगेको कम्पनीले जनाएको छ ।