काठमाडौं । वायरलेस हियरेबल्स ब्रान्ड बोटका उच्चस्तरीय उत्पादनमा नेपाली बजारमा प्रवेश गरेको छ । इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्समार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान, विकास र प्रविधिजस्ता प्लेटफर्महरू विकास गर्नमा ठूलो लगानी गरेको छ ।
कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको हो । भारतको नं. एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको थियो ।
सम्झौताअनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहनेछ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसँगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउनेछन् । इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले कम्पनीका उत्पादनहरु नेपालमा ल्याएर सम्पूर्ण युवा उपभोक्ताहरुलाई उनीहरुको चाहनाअनुरुपको अडियो सोल्युसन प्रदान गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।
यस्तै टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जलानले बोटले वर्षौँदेखि स्टाइलिस र राम्रो काम गर्ने उच्च–गुणस्तरीय अडियो उपकरणहरूमार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको बताए । यो साझेदारीमार्फत कम्पनीले नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको उनले बताए ।