काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार सोलखुम्वु जिल्ला, स्थितखुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको पिसफुल लजमा २०७८ असोज दुई गते आगलागीबाट भएको क्षतिबापतको बीमा रकम दुई करोड ६० लाखको चेक प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले पिसफुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।
विसं २०७२ सालको भूकम्पबाट भएको क्षतिबापत समेत सल्लेरी र नाम्चे क्षेत्रका बीमितहरूलाई उल्लेख्य रकम दाबीबापत भुक्तानी भएको थियो । चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्म कम्पनीले छ हजार ९७ वटा दाबी फर्छ्यौट भई ७३ करोड ६६ लाख ९७ हजार तथा अग्रिम दाबीबापत विभिन्न दाबीकर्ताहरूलाई आठ करोड ५० लाख रुपैयाँ भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार फर्छ्यौट गर्न बाँकी दाबीको संख्य तीन हजार आठ सय ४१ (कोरोना दाबीबाहेक) रहेको र सोबापत भुक्तानी गर्नुपर्ने रकम एक अर्ब ४१ करोड ४३ लाख ६४ हजार रहेको छ । छिटो छरितो दाबी फर्छ्यौट गर्ने कम्पनीको लक्ष्यअनुरूप बाँकी रहेका दाबी यथाशीघ्र फर्छ्यौट गरी दाबी रकम भुक्तानी गर्न कम्पनी क्रियाशील रहेको हुँदा बीमा दाबी गर्ने सम्पूर्ण बीमितहरूले दाबीसँग सम्बन्धित कागजातहरू सर्भेयर वा कम्पनीमा बुझाई दाबी फर्छ्यौट कार्यमा सहयोग गर्न कम्पनीले आग्रह गरेको छ ।