नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या दश हजारभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ संक्रमित थपिएका छन् ।
यो संख्या लामो समयपछिको सवैभन्दा कम भएको र दैनिक संक्रमितहरुको संख्या पनि धेरै कम हुदै गएको संघीय स्वास्थ्य मन्त्रालयलका अधिकारीहरुले जानकारी दिएका हुन । उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार छ सय एक जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेका छन् ।
पछिल्लो एक दिनमा १६ हजार सात सय ६५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म चार करोड २३ लाख सात हजार छ सय ८६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।