काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचल)ले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीच (एनपीएस)को पहिलो चरणको थालनीका निम्ति एनसीएचल र नेपाल डिजिटल पेमेन्ट् स कं. लि. (एनडीपीसी)बीच औपचारिकरूपमा सम्झौता भएको छ ।

सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।