काठमाडौं । एनएमबी बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारको लागि जाने व्यक्ति तथा कर्मचारीहरूलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थ केयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो । उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा एनएमबी बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ ।
उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरूलाई अन्तरङ्ग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परीक्षणहरू र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउनेछ । समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख–रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरे । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दे आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३९ वटा एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।