काठमाडौं । माछापुच्छ्रे बैंकले एनइभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो । कर्पोरेट बिच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले हराएको हो ।
फाइनल खेलमा एक सय २० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई जम्मा २६ रनमा अल आउट गर्दै प्रतियोगिताको उपाधि जितेको हो । माछापुच्छ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरूको इच्छाअनुसार अन्य कृयाकलापहरूमा संलग्न गराई उनीहरूको वृत्तिविकासमा ध्यान दिँदै आएको छ । बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरूको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रीपूर्ण वातावरणलगायतका मुख्य मापदण्डका तत्वहरूले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रूपमा समेत स्थापित बैंक मानिन्छ ।
बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल एक सय ६३ वटा शाखा, छवटा एक्स्टेन्सन काउन्टर, दुई सय वटा एटीएम र एक सय ५७ शाखारहित बैंकिङ सुविधामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १५ सयभन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरिरहेको छ ।