काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले नारी दिवसका अवसर पारेर शनिवार बृहत् निःशुल्क स्वास्थ्यशिविर गर्ने भएको छ । वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।
नेपाली समाजमा बाँझोपनको समस्या विकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्यशिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टीभीएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सीईओ मिश्रले बताए । शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेसन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ ।