काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत भएका छन् । चेम्बरको आठौँ बैठकले शाक्यलाई चेम्बरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधानअनुरुप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताए । चेम्बरले कार्यसमितिका मनोनीत गरेपछि शाक्यले आफ्नो तर्फबाट चेम्बरको उद्देश्यपूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चेम्बर मुलुकको सबैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधमिूलक संस्था हो ।