काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ५२ करोड १६ लाख ३३ हजार सात सय ३८ रुपैयाँमध्येबाट १५ प्रतिशत अर्थात् २२ करोड ८२ लाख ४५ हजार ६१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत अर्थात् एक करोड २० लाख १२ हजार आठ सय ९८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको निर्णय कम्पनीको यही चैत नौ गते हुने २६औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । कम्पनीका अनुसार उक्त वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही चैत एक गते एक दिनको लागि सेयर दाखिल तथा खारेज बन्द हुनेछ ।