काठमाडौं । मिथिला लघुवित्त वित्तीय संंस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ४६ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई करोड ९६ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५८ करोड ९५ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९३ करोड ५५ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ५२ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५३ लाख ३१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ४० करोड ७९ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड ८५ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड १३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४१ लाख ८५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६६ प्रतिशत रहेको थियो ।