काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार पाँच सय ४७ दशमलव चार विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ८८ दशमलव ८३ विन्दुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय २८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ५९ हजार तीन पटकको कारोबारमा दुई करोड २५ लाख २७ हजार छ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ५५ करोड ४३ लाख ९९ हजार सात सय ५७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा सात अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका थियो । जसअनुुसार दुई लाख ५९ हजार नौ सय ९० पटकको कारोबारमा तीन करोड २९ लाख ३५ हजार दुई सय ४३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १७ अर्ब ७२ करोड २१ लाख १८ हजार एक सय ९६ रुपैयाँ पुुगेको थियो । यस सात नेप्सेको नियमित कारोबार कक्ष तीन कार्य दिन मात्र खुला रहेको थियो । जसमध्ये तेस्रो र पाँचौँ दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबारकक्ष बन्द रहेको थियो भने बाँँकी तीन कार्यदिन सेयर बजार पसिूचक लगातार ओरालो लागेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक सात दशमलव ७३ अंकले ओरालो लागेर दुुई हजार छ सय ५३ दशमलव ७० विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७३ अंंकले ओरालो लागेर पाँच सय छ दशमलव ८४ विन्दुमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ४३ दशमलव १२ अंकले ओरालो लागेर दुुई हजार छ सय १० दशमलव ५८ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६४ अंंकले ओरालो लागेर पाँच सय दशमलव २१ विन्दुमा झरेको थियो ।
तेस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने चौथो कारोबार दिन बजार परिसूचक ६३ दशमलव ५४ अंकले ओरालो लागेर दुुई हजार पाँच सय ४७ दशमलव चार विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ३८ अंंकले ओरालो लागेर चार सय ८८ दशमलव ८३ विन्दुमा झरेको थियो ।
पाँचौँ दिन पनि सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।