काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ निष्काशन (फर्दर पब्लिक इस्यु)को लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । साबिक समता लघुवित्त वित्तीय संस्थ र साबिक घरेलु लघुवित्त वित्तीय संस्थाबीच सेयर आदानप्रदान दर १००ः८० (समताः घरेलु) कायम हुनेगरी गाभिएपश्चात् संस्थाको कुल चुक्ता पुुँजी २८ करोड ५६ लाख २० हजार एक सय ६० रुपैयाँ रहेको छ । त्यसमा पनि २० प्रतिशत बोनसपश्चात् संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार एक सय ९२ रुपैयाँ भएकाले सेयर संरचना ७०ः३० (संस्थापकः सर्वसाधारण) कायम हुनेगरी जारी हुन बाँकी सेयर फर्दर पब्लिक इस्युद्वारा सर्वसाधारणमा जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको संस्थाले जनाएको छ ।
सम्झौतापत्रमा समता घरेलु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरबीबी मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।