काठमाडौं । शेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ६६ बिन्दुले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने एक दशमलव ५५ अंकले उकालो लागेर २५ सय ४४ दशमलव ९४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४४ अंकले उकालो लागेर चार सय ९२ दशमलव ५३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाट ४० हजार एक सय ३० पटक कारोबार हुंंदा ५३ लाख १५ हजार दुई सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६० करोड नौ लाख ३० हजार चार सय तीन रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने नौ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।