काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरूलाई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भोट गर्र्न सक्नेछन् । बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई विजयी भव भनी जितका लागि आशीर्वाद दिनसक्ने व्यवस्था गरेको छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता किसिमका योजनाहरू ल्याउने गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना दुई सय ८७ वटा शाखा, दुई सय ५२ वटा एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा समेत महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।