काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरूपमा समाजलाई योगदान पु-याउने उद्देश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पकडी शाखाले एक विशेष कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानी व्यावस्थापनका लागि स्वचालित विद्युतीय आरओ प्लान्ट हस्तान्तरण गरेको छ ।
स्वस्थ जीवनयापनका लागि शुद्ध खानेपानी अति आवश्यक रहेको बताउँदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले इलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आरओ प्लान्ट हस्तान्तरण गरिएको कुरा बताए । उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयहरूकोे उपस्थिति रहेको थियो ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू अझै प्रभावकारी रूपमा सञ्चालन गर्नै कुरा बैंकले जनाएको छ ।