काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको चौथो कारोबार दिन आज बुधबार बजार परिसुचक ३० दशमलव २९ अंकले ओरालो लागेर २५ सय १४ दशमलव ६५ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोेबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४६ बिन्दुले ओरालो लागेर चार सय ८७ दशमलव सात बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ३९ हजार सात सय ८८ पटकको कारोबारमा ४९ लाख ५९ हजार नौ सय १९ कित्ता शेयर खरिद बिक्री भएको छ । सो अनुरुप आज कुल कारोबार रकम दुई अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये १३ वटै उपसमुहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।