काठमाडौं । ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको आधिकारिक डिलर नारायणी अटो बिजनेसले सातदिने गाडी एक्सचेञ्ज अफर सञ्चालन गरेको छ ।
शुक्रबारदेखि सञ्चालनमा आएको उक्त योजना आगामी शुक्रबारसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । उक्त एक्सचेञ्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरुसँग नयाँ सुजुकी गाडी साट्न सक्नेछन् ।
उक्त अफरमा एक्सचेञ्ज गरी नगद छुट, एक्सचेञ्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्नसक्ने कम्पनीको भनाइ छ । नारायणी अटो बिजनेस प्रालि विगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गरी आइरहेको छ ।