काठमाडौं । नेपालकै प्रतिष्ठित व्यापारिक समूहका रुपमा रहेको अग्नि ग्रुपले तीसौँ वर्ष पार गरेको छ । कम्पनीले आफ्नो सञ्चालनको ३० वर्ष पूरा भएको अवसरमा एक विशेष कार्यक्रम आयोजना समेत गरेको थियो ।
अग्नि ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो । हाल अग्नी ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेता हो । कम्पनीले देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखाहरूसहित यसको बृहत नेटवर्क विस्तार समेत गरेको छ ।
कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले जानकारी दिए । हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन् । उक्त कार्यक्रममा उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण पनि गरिएको थियो । कम्पनीले यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको हो ।
कम्पनीले हरेक वर्ष २५ जना विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै आएको थियो । तर यस वर्ष ३० जना विद्यार्थीहरूलाई कम्पनीको ३० वर्षे उत्सवका लागि छानेको श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि यो पुरस्कारलाई निरन्तरता दिने उनले बताए । अग्नि ग्रुपको सञ्चालक समिति, महिन्द्रा ग्रुपका प्रतिनिधिहरुका साथै खेलकुद, संगीत र चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।