काठमाडौं । सानिमा बैंक र स्प्यारो–पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङमार्पmत चेक आउट गर्न सक्नेछन् ।
बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो–पे प्रालि (खल्ती)का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सानिमा बैंकको देशभर एक सय २४ वटा कार्यालय र एक सय १० वटा एटीएम सञ्चालनमा रहेका छन् ।